Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

घरबाट स्कूल हिडेका ३ विद्यार्थी बेपत्ता

शिशिर सिंखडा / एचकेनेपाल डट कम –
रत्ननगर, १९ बैशाख । पूर्वी चितवनका ३ जना विद्यार्थीहरु गत शुक्रबारदेखि बेपत्ता भएका छन्।

कालिका नगरपालिका वडा नं. ६, खोलेसिमलका अस्विन धमला, कालिका–६, गुराउचौरका थोमस लामिछाने र कालिका–८, लंकालाईनका राजु गुरुङ्ग बेपत्ता भएको परिवारजनले जनाएका छन्।

स्थानीय सिद्धि विनायक आवासिय मा.वि. मा कक्षा ८ मा अध्ययनरत १४ वर्षीय विद्यार्थीहरु विद्यालय जान भनी घरबाट हिडेका र खोलेसिमल बजारबाट बेपत्ता भएको थोमस लामिछानेको बुबा विवेक लामिछानेले जानकारी दिए।

घरबाट केहि रकम समेत लिएर गएकाले उनीहरुको खोजी कार्य भईरहेको परिवारजनले बताएका छन्।

बेपत्ता विद्यार्थीको खोज तलास गरी पाऊँ भनी इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडीमा निवेदन दर्ता भएको र सोही अनुसार खोजी कार्य भईरहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक जयराज सापकोटाले जानकारी दिए।

बेपत्ता विद्यार्थीहरुलाई देख्नु हुने वा भेट्नु हुने महानुभावले नजिकको प्रहरी कार्यालय वा अभिभावकको फोन नं. ९८४५०४४३१३, ९८०४२२९२३७ र ९८५१००९४७४ मा खबर गरिदिनुहुन समेत परिवारजनले अपिल गरेका छन्।





Comments

comments

Leave a Reply

12262