प्रचण्ड ‘ब्याक’ हुनुका ५ कारण

कांग्रेसले अाफूलार्इ सरकारको नेतृत्वका लागि प्रस्ताव गरेको भन्दै अाफूलार्इ सहयोग गर्न प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी अोलीलार्इ अाग्रह गरेको २४ घन्टा नबित्दै एमाअोवादी अध्यक्ष प्रचण्ड अन्तिम समयमा अाएर पछि हटे। प्रचण्ड पछि किन हटे र केपी ओलीकै सरकारलाई निरन्तरता दिन किन सहमत भए भन्नेबारे पाँचवटा कारण रहेका छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।

१.राष्ट्रिय सरकार बन्ने नदेखिएपछि
वर्तमान सरकार भएदेखि नै प्रचण्डले संविधान कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको बताउादै आएका थिए। कांग्रेसले समर्थन गरे आफ्नो नेतृत्वको सरकारमा एमालेले पनि सघाउने उनको विश्वास थियो। तर, एमालेले प्रचण्डको त्यस्तो प्रस्तावमा सहमति जनाउने संकेत नदिएपछि उनी ‘ब्याक’ भए।

२.सरकारको नेतृत्व दिनेबारे एमालेले आश्वस्त पार्‍यो
सत्ता गठबन्धनमा देखिएको खटपटबारे एमालेका नेताहरू प्रचण्डलाई विश्वासमा लिन सफल भए। शान्तिप्रक्रियाका बााकी मुद्दा सम्बोधनका लागि कानुनी जटिलता सम्बोधन गर्नेदेखि संविधान निर्माण, बजेटदेखि अन्य विषयमा कार्यतालिका बनाएर अघि बढ्न एमाओवादीलाई आश्वस्त बनाए। बजेटपछि प्रचण्डकै नेतृत्वमा सरकार बनाउन तयार रहेको प्रस्ताव पनि एमालेले गर्‍यो।

३.कांग्रेसले पूर्ण विश्वास दिलाउन सकेन
कांग्रेसले एमाओवादी नेतृत्वको सरकारलाई समर्थन गर्ने मौखिक आश्वासन दिए पनि पूर्ण विश्वास दिलाउन सकेन । कांग्रेसकै दोस्रो पुस्ताका नेताहरूले सहमति भए प्रचण्डको सट्टा देउवा प्रधानमन्त्री बन्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिन थाले । यसले पनि प्रचण्डलाई झस्कायो।

४.एमाओवादीभित्रै पनि पूर्ण सहमति बन्न सकेन
एमाओवादीभित्रै पनि वामपन्थी गठबन्धन तोडेर कांग्रेस र मधेसीसँगको सहकार्यमा सरकार निर्माण गर्ने विषयमा सहमति बन्न सकेन। स्थायी समिति बैठकमा टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, अग्नि सापकोटालगायतका नेताहरूले बरु मन्त्री फेर्न तर गठबन्धन नटुटाउन दबाब दिए। कार्यकर्ताको एउटा पंक्तिले पनि पार्टीको निर्णयमा बाह्य प्रभाव रहेको भन्दै असन्तुष्टि पोख्यो।

५.पार्टी एकतामा पर्न सक्ने असर
प्रचण्डले वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी तथा मणि थापा र मातृका यादव नेतृत्वलगायतका माओवादी धारका पार्टीहरूसँग एकताका लागि पहलकदमी लिइरहेका छन्। वैद्य नै एकताको पक्षमा नभए पनि बादललगायतका नेताहरू एकताका पक्षधर शक्तिहरूले वामपन्थी गठबन्धन तोडेर बन्ने सरकारप्रति रुचि देखाएनन्। यसले पार्टी एकतामा समेत प्रभाव पार्न सक्ने आँकलन प्रचण्डले गरे।





Comments

comments

Leave a Reply

12336