यसरी जोगियो ‘प्रधानमन्त्री’ ओलीको पद (९ बुँदे सहमतिसहित)

काठमाडौं: कांग्रेसको समर्थनमा आफैं प्रधानमन्त्री बन्ने कसरतमा लागेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अन्तिम समयमा केपी ओलीकै सरकारलाई निरन्तरता दिने निर्णय गरी वाम नेतृत्व तथा वर्चस्वको सरकारलाई जीवनदान दिएका छन्।

दाहालको मन र निर्णय परिवर्तनभित्र केही रहस्य लुकेको अथवा निकट भविष्यमै ओलीले राजीनामा गरी दाहाललाई आफ्नो उत्तराधिकारीका रूपमा समर्थन गर्ने सहमति भएको दाहालका निकट सहयोगीहरू बताउँछन्।

सदनमा एमाओवादी मन्त्रीहरूको राजीनामा र दाहालद्वारा सरकारलाई दिइएको समर्थन फिर्ता लिने घोषणाको प्रतीक्षा भइरहेको बेला उनले अनपेक्षित रूपमा एमाले नेतृत्वको सरकारलाई समर्थन जारी राख्ने घोषणा गरेर कांग्रेस र खासगरी सभापति शेरबहादुर देउवालाई निराश बनाए।

कांग्रेसले उनको यो कदमलाई विश्वासघातको संज्ञा दिएको छ भने दाहालले आफ्नो कदम संविधान कार्यान्वयनका लागि आवश्यक भएको बताए।नीति तथा कार्यक्रम र बजेट पछि दाहाललाई नेतृत्व हस्तान्तरण गर्ने तहमा ओली पुग्नु र आफनो नेतृत्वमा सरकार गठन गर्न पहल अगाडि बढाएका दाहाल पछाडि हटनुमा अन्तराष्ट्रिय सुत्रहरुले काम गरेको ठहर सम्बद्ध दलका नेताहरुले गरेका छन।

‘यो अस्वभाविक थियो। यसमा राष्ट्रिय र अन्तराष्ट्रिय पाटो पनि जोडिएको छ,’ एमाओवादीका बरिष्ठ नेता समेत रहेका एक मन्त्रीले अन्नपूर्ण पोस्ट दैनिकमा भनेका छन्। एमालेका एक नेताका अनुसार दाहालले आफनो नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने पार्टीको निर्णय धम्की मात्रै थिएन,सरकार परिवर्तन गर्ने रणनीतिमा आधारित थियो। ‘बामगठबन्धन भत्काउने योजना अनुसार दाहाललाई पात्रको रुपमा अगाडि सारिएको थियो’एमालेका ती नेताले भने।

‘संविधान बन्ने क्रममा जुन जुन तत्व र प्रबृत्तिले व्यवधान खडा गर्न खोजेका थिए अहिले कार्यान्वयनमा पनि तिनै तत्वले व्यवधान खडा गर्ने प्रयास गरिरहेका छन। हामीले राष्ट्रिय एकता प्रदर्शन गर्न सकेनौ भने मुलुक दुर्घटनामा पर्ने खतरा छ, संविधानलाई जनता र समाजको जीवन व्यवहारमा एकाकार हुने गरी प्रयोग गर्न सकिएन भने कागजको खोष्टो सावित हुनेछ’ दाहालले बिहीबार राजधानीमा एक कार्यक्रमबीच भने ‘राष्ट्रिय एकता र राष्ट्रिय सहमतिको कुरा गर्दै गर्दा विगतको जस्तै सरकार बनाउने र गिराउने खेलतिर कुदने,त्यहि रुपमा हिडने प्रबृत्ति अहिले पनि छ।





Comments

comments

Leave a Reply

12332