काठमाडौं, जारी पेरिस ओलम्पिकको पुरुष सय मिटर दौडमा अमेरिकाका नूह लाइल्सले स्वर्ण पदक जितेका छन् । योसँगै उनी विश्वका सबैभन्दा छिटो दौडिने व्यक्ति बनेका छन् ।
उनले सय मिटरको दूरी ९.७८४ सेकेन्डमा पार गरेका हुन् ।
त्यस्तै, जमैकाका किशाने थम्पसनले यो दूरी ९.७८९ सेकेन्डमा पार गरेर रजत पदक जिते भने अमेरिकाकै फ्रेड केर्लीले ९.८१ सेकेन्डमा पार गर्दै काश्य पदक जितेका छन्।