Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

२ करोड लागतमा डाँफे होटल संचालनमा

बिजय नेपाल / एचकेनेपाल डट कम-
पोखरा, १८ भदौ। पोखराको लेकसाइडमा आजदेखि डाँफे होटल प्रालि संचालनमा आएको छ।

लेकसाइडको डिहिकोपाटनस्थित सो होटलमा करिब २ करोड रुपैयाँ लगानी भएको संचालक शोभित पौडेलले बताए।

सुविधायुक्त डाँफे होटलमा २० वटा कोठाहरु छन् । जसमा सुविधा एसी रुम, एटेच बाथलगायतको सुविधा रहेको पौडेलले बताए। आन्तरिक तथा बाह्य पर्यटक लक्षित सो होटलमा हाल १८ जना कर्मचारी कार्यरत छन्।

बिहान भएको उद्घाटनमा विन्ध्यबासिनी मन्दिर पोखराका बटुकहरुले स्वस्ती वाचन
गरेका खगेन्द्रराज आचार्यले जानकारी दिए।





Comments

comments

1247