Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नागरिक उड्डयनले ठग्न शुरू गर्योः विमानस्थल ऋणभार यात्रुमाथि

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल निमार्ण तथा सुधारका लागि लिएको ऋणको साँवाब्याज भुक्तानी गर्न यात्रुमार्फत शुल्क असुल्न सुरु गरेको छ।

प्राधिकरणका कमचारीले बोनस खाने तयारी गरिरहेका बेला यात्रुबाट भने विमानस्थल निमार्णमा लागेको ऋणबापतको रकम लिन सुरु गरिसकेको छ।

अन्नपूर्ण पोस्ट दैनिकमा आज प्रकाशित समाचार अनुसार प्राधिकरणले चालू आर्थिक वर्षको साउन १ गतेदेखि नै अन्तर्राष्ट्रिय उडानमा जाने सबै यात्रुका लागि एक हजार रुपैयाँको विमानस्थल विकास शुल्क लिन सुरु गरेको छ। आर्थिक वर्ष २०६८-६९ मा भएको ६८ करोड ३६ लाख र २०६९-७० मा भएको एक अर्ब ८ करोड रुपैयाँ खुद नाफाबाट प्राधिकरणले दुई वर्षको बोनस खाने तयारी गरिरहेको छ।





Comments

comments

1244