Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
मंकी हिलमा धरानेहरुको बृहत जमघट हुने – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मंकी हिलमा धरानेहरुको बृहत जमघट हुने

देवराज राई / एचकेनेपाल डट कम –
हङकङ, धरानलाई माया गर्ने र धरानको समृद्ध विकास, उन्नति–प्रगतिमा सहकार्य गर्दै आएको हङकङवासी धरानेहरुको संस्था “धरान हङकङ मञ्च“ स्थापनाको १५ औं वार्षिक उत्सव भव्यरुपमा हङकङमा मनाउने भएको छ।

मंकी हिलमा २८ सेप्टेम्बरका दिन आयोजना गर्न लागिएको धरानेहरुको बृहत भेलामा धरानलाई झल्काउने विविध साँस्कृतिक कार्यक्रमहरु, प्रदर्शनी, विविध खेलहरुका साथै धरान सम्झाउने खाद्य परिकारहरु समेत उपलब्ध हुने आयोजकले जानकारी दिएको छ।


तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम

आयोजकको तर्फबाट धरान हङकङ मञ्चका अध्यक्ष चन्द्र सिंघक लिम्बू नानीले – धराने मन भएका, धरानलाई माया गर्ने सबैलाई बिदा मिलाई कार्यक्रम उपस्थित हुन आग्रह गरेका छन् । उनले धरान सम्बन्धी हङकङमा स्थापना भएका सबै संघसंस्थाहरुलाई कार्यक्रमलाई सहयोग दिन र धरानेहरुको पूर्नमिलन गराउने कार्यक्रममा सरिक हुन सबैलाई आह्वान गरेका छन्।

कार्यक्रम सम्बन्धी जानकारी दिन गत शनिवार ३० अगष्टका दिन हङकङ नेपाली महासंघको कार्यलयमा एक प्रेस मिटको आयोजना गरेको थियो। जानकारी सभामा महासंघका अध्यक्ष प्रदीप थापा प्रमुख अतिथिको रुपमा उपस्थित हुनु भएको थियो।

मञ्चका अध्यक्ष चन्द्र सिंघक लिम्बूले अध्यक्षता गर्नु भएको कार्यक्रममा उपाध्यक्ष विष्णु पाख्रिनले स्वागत मन्तव्य दिनु भएको थियो । सचिव कुमार गुरुङले संचालन गर्नु भएको कार्यक्रममा विभिन्न मेडियाका पत्रकारहरु, धरान युद्ध एशोसिएसनका पदाधिकारीहरु र धरानलाई माया गर्नेहरु भेला भएका थिए।

धरान हङकङ मञ्चको स्थापना भए पछि धरानमा घंटाघर निर्माण गर्न मञ्चले ठूलो भूमिका खेलेको थियो एवं बृहत योगदान दिएको थियो। हङकङमा रहेका संघसंस्थाहरुमा आफ्नो घरदेशमा आर्थिक संकलन गरी भौतिक निर्माणमा सहयोग पु¥याउने संस्थाहरुको अंग्रक्तिमा धरान हङकङ मञ्च रहेको छ।





Comments

comments

1242