Breaking News: मर्स्याङ्दीमा बस दुर्घटना, मृतकको संख्या २७ पुग्यो

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहारामा भारतीय नम्बर प्लेटको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खस्दा ज्यान गुमाउनेको संख्या २७ पुगेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

पोखराबाट काठमाडौंका लागि छुटेको बसमा ४१ यात्रु, चालक १, सह चालक १ सहित ४३ जना सवार थिए । दुर्घटनामा परेको बसमा ४३ जनै भारतीय रहेको खुलेको छ।

दुर्घटनामा गम्भीर घाइते भएका १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

125474