सर्वोच्च शिखरबाट ‘ हामी उठ्ने छौं ‘ को सन्देश

निर्मल श्रेष्ठ / एचकेनेपाल डट कम –
महाभूकम्पको पहिलो वार्षिकीमा पर्वतारोही फुर्वा तेन्जिङ शेर्पाले संसारकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा ‘हामी उठ्ने छौं’ को झण्डा फहराएका छन् । विश्वभर भूकम्पबाट थलिएको नेपाल फेरी उठ्ने छ भन्ने सन्देश प्रवाह गर्न उनले यो साहसिक कदम चालेका हुन् । नेपालको पुनः निर्माणमा संसारकै ध्यानाकर्षण होस् भन्ने यसको उद्देश्य रहेको उनले जनाए । सगरमाथाको दसौं आरोहणलाई फुर्वाले भूकम्पमा दिंवगत करिब ९ हजारप्रति समर्पित गरेका छन् ।

सगरमाथाको खुम्बु क्षेत्रमा ‘हामी उठ्ने छौं’ को झण्डा प्रदर्शन गर्दै पर्वतारोही फुर्वा तेन्जिङ शेर्पा । शेर्पाले शुक्रबार विहान सर्वोच्च शिखरको चुचुरोमा उक्त झण्डा फहराएका हुन् । विश्वभर भूकम्पबाट थलिएको नेपाल फेरी उठ्ने छ भन्ने सन्देश प्रवाह गर्न उनले पहिलो वार्षिकीमा यो साहसिक कदम चालेका हुन् । नेपालको पुनः निर्माणमा संसारकै ध्यानाकर्षण होस् भन्ने पनि आरोहणको उद्देश्य हो । सगरमाथाको दसौं आरोहणलाई फुर्वाले भूकम्पमा दिंवगत करिब ९ हजारप्रति समर्पित गरेका छन् । तस्विरः वि विल राईज फाउण्डेसन / फुर्वा तेन्जिङ शेर्पा

फुर्वाले १७ देखि २४ वर्षको उमेरभित्र सगरमाथाको ९ पटक सफल आरोहण गरेर कम उमेरमा सबैभन्दा बढी आरोहणको विश्व किर्तिमान बनाएका छन् । उनले सन् २००८ मा नेपाली महिला सम्मिलित आरोहण दलस“ग मिलेर तीन दिनकै अन्तरमा सगरमाथाको दुईपटक आरोहण गरेका थिए ।

दोलखाको रोल्वालिङमा जन्मेका २८ वर्षीय शेर्पाले सन् २००४ मा येलापिक आरोहणबाट पर्वतारोहणको सुरुवात गरेका हुन् । उनले सन् २००७ मा जापानी टोलीसंग पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए । नेपाली ‘समावेशी महिला आरोहण दल’ होस् वा सबैभन्दा पाको उमेरका मीनबहादुर शेरचन, उनीहरूले सफलतापूर्वक सगरमाथा आरोहण गर्दा फुर्वा त्यसको ‘क्लाइम्बिङ लिडर’ थिए । दुवै हात नभएका आरोही सुदर्शन गौतमलाई सगरमाथाको चुचुरोमा टेकाउनमा पनि उनको ठोस भूमिका थियो ।

दुईवर्ष अघि सगरमाथा आधार शिविर क्षेत्रमा गएको हिमपहिरोका कारण १६ जना शेर्पा आरोहीको मृत्यु भएको थियो । गतवर्ष भने भूकम्पका कारण आरोहण स्थगित गरियो । विगत दुई वर्ष देखि रोकिएको सगरमाथा आरोहणमा मिलेको सफलताले पुनः विश्वभर नेपालको पर्वतारोहण सुरक्षित रहेको सन्देश गएको छ ।





Comments

comments

Leave a Reply

12557