Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एनआरएन कुवेतद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

प्रेस विज्ञप्ति
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कुवेतको अगुवाईमा कुवेतमा रहेका नेपालीहरु तथा त्यहाँ स्थित संघ संस्थाहरुको संयुक्त आव्हानमा कुवेत तथा खाडी मूलूकहरुमा घरेलू कामदारको रुपमा महिलाहरुलाई सूरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म पठाउन नहुने माग ५००० व्यक्तिको हस्ताक्षर संक्लन सहितको ५ मिटिर लामो व्यानर र ज्ञापन पत्र सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष प्रधानमन्त्रीको कार्यालय मार्फत हस्तान्तरण गरिएको छ।

हाल नेपाली घरेलु महिला कामदारहरु कुवेतमा आउन रोक भएपछि कुवेतमा घरेलु महिला कामदारको अवस्थामा आमचासोको विषय हुन थालेकोले यसले कुवेती स्पोन्सर र सरकार माथि पनि दवाव पर्ने देखिएकोले यस परिस्थितिमा कुनै पनि बहानामा घरेलु महिला कामदारहरुको सुरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म श्रम स्विकृति र भिसा प्रमाणीकरण खुला नगर्न समेत ज्ञापनपत्रमा अनुरोध गरिएको छ।





Comments

comments

1257