Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कास्की परिवारद्वारा विदाई तथा भेटघाट कार्यक्रम गर्ने

सुरज गुरुङ / एचकेनेपाल डट कम-
कास्की परिवार दक्षिण कोरियाले यहि आउदो कोरियाको महान चाड छुसकको अवसर पारेर छुसकको पहिलो दिन सेप्टेम्बर ७ तारिख बेलुका ९ बजे भेटघाट तथा विदाई कार्यक्रमको आयोजना गर्ने भएको छ।

कार्यक्रमा कास्की परिवारमा विगत लामो समयदेखि कोषाध्यक्ष पदमा रहि अमूल्य योगदान दिदै र आफ्नो पदमा रिह पदीय दायित्व सकृयतापूर्वक निर्बाह गर्नु भएका कमल बस्नेतलाई विदाई गर्ने भएको छ। उहाँ ई.पी.एस. सिस्टम अनुसार ४ वर्ष १० महिना पूरा भई नेपाल फर्कन लाग्नु भएको हो। साथै उक्त दिन विभिन्न प्रकृया अनुसार कोरिया प्रवेश गर्नु भएका कास्केली दाजुभाई तथा दिदीबहिनीहरुसंग एक परिचयात्मक तथा भेटघाट कार्यक्रम समेत रहेको हुंदा कोरियामा विभिन्न संस्थामा आवद्ध हुनुभएका पदाधिकारीहरु, व्यवसायी, बुद्धीजिवी, पत्रकार, विद्यार्थीलगायत सम्पूर्ण कास्केली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थिति भई दिनुहुन कास्की परिवारले हार्दिक अनुरोध गरेको छ।

बेलुकाको खाना सशुल्क व्यवस्था गरिने छ

कार्यक्रम हुने स्थानः पूजा रेष्टुरेण्ट २ दोङदेमुन
मितिः २०१४ सेप्टेम्बर ७ तारिख
समयः बेलुकी ९ बजे





Comments

comments

1262