Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

प्रेममा धोका पाएपछि आत्महत्या गर्नेको संख्या बढ्यो

भक्तपुरमा आत्महत्या गर्नेको संख्यामा १९ प्रतिशतले बृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षमा ४१ जनाले आत्महत्या गरेमा गत आर्थिक वर्षमा ५३ जनाले गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको आज प्रकाशित नागरिक दैनिकमा समाचार छ।

आत्महत्या गर्नेमध्ये झुन्डिएर मर्नेको संख्या अधिक छ। ५३ जनामध्ये ३७ जनाले झुन्डिएर आत्महत्या गरेका थिए ।

त्यस्तै विष सेवन गरेर १३, आगो लगाएर एकले आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमा युवतीको संख्या बढी रहेको डिएसपी श्याम अधिकारीले बताए। उनका अनुसार प्रेममा धोका पाएपछि धेरैले आत्महत्या गरेका हुन्।





Comments

comments

1249