Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यस्तो पो साँचो प्रेम? श्रीमान मृत्युको २ घण्टापछि श्रीमतीको मृत्यु

श्रीमान र श्रीमतीको एकै समयमा मृत्यु भएको घटना विरलै सुनिन्छ। पवर्तको बाजुङमा भने श्रीमान वितेको दुई घण्टामा श्रीमती पनि बितिन्।

बाजुङ ९ का ९१ वर्षीय रुद्रबहादुर विक र ८१ वर्षीया छलिदेबीको एकै दिन मृत्यु भएपछि दाहसंस्कार पनि एउटै चितामा गरिएको छ।

आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचारका अनुसार श्रीमानलाई ज्वरो आएपछि श्रीमती छलिदेबी पनि सँगसँगै मर्ने हो भन्दै चार दिनदेखि खाना नखाई बसेकी थिईन्। म श्रीमानसँगै मर्ने हो, उहाँको मृत्यु भएमा एक्लै बस्न सक्दिन भन्दै खाना नै नखाई बस्नुभएको थियो स्थानीय भक्त कुवँरले भने, चाहेजसरी नै दुई घण्टाको फरकम मृत्यु भयो। रुद्रबहादुरको मंगलबार बिहान साढे १० बजे मृत्यु भएको थियो भने छलिदेवीको साढे १२ बजे मृत्यु भएको थियो।





Comments

comments

1253