आफूलाई जन्मदिने आमा सिरियामा बन्ध र बाबु मजदुरी गर्न भारत गएको एक दशक पुग्दा पनि परिवारको सम्पर्कमा नआउँदा रुकुममा एक बालिकाको विचल्ली भएको छ।
रुकुम सदरमुकाम खलंगा ८ की ११ वर्षीया बालिका कृष्णा चनारा आमाबाबु नभएपछि सहाराबिहीन बनेकी हुन्।
बालिकाकी आमा भूमि विगत ५ महिनादेखि सिरियामा बन्धक छिन् भने बाबु धनबहादुर विगत एक दशकदेखि रोजगारीका लागि भारत गएपनि अहिलेसम्म सम्पर्कमा आएका छैनन्। बालिका चनारा अहिले मावलीमा बस्दै आएको आजको राजधानी दैनिकमा समाचार छ।