Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गाउँमा कम्प्युटर शिक्षा अभियान संस्थाको गठन कसरी भयो?

गोविन्द ढकाल / एचकेनेपाल डट कम-
अबुधाबी युएइ, ०४ सेप्टेम्बर। २००७ सालदेखि बिभिन्न तन्त्र र मन्त्रको नाममा गरीब जनाताको छोरालाई छाला काटेर नुन चुक लगाउने कामदेखि लिएर १० बर्षीय जनयुद्दसम्म गोली ठोकी जनताको रगतको खोलो बगाए, कतिको सिन्दुर पुछियो त कतिको बाबा आमा, दाजुभाई तथा दिदीबहिनी गुमे। तैपनि देशमा परिवर्तन आउछ कि देशको बिकास हुन्छ कि शिक्षाको कमीले नेपाली जनमानसले बिश्व बजारमा ब्यापार होस् या रोजगारको क्रममा आफ्नो शिर नझुकाइ न्यून आयमा नै रही रहनु पर्दैन कि भनेर आफ्नो जीबनको बलिदान दिन पनि पछि परेनन्।

देशलाई राजनैतीक दलहरुले कुनै निकासा दिन सकेन। सधैं कुर्चीको खिचातानी मै तल्लिन रही रह्यो भने बिश्वका बिभिन्न मुलुकमा रहेका एनआरएनहरु ब्यक्तिगत फाईदा मन्द लगानी कै खोजिमा रही रह्यो। खाडी मुलुकमा रहेका बिभिन्न सामाजिक तथा राजनीतिक संघ सस्थाहरु भई परी आउने समस्या मात्रा सल्ट्याउदै विभिन्न कार्यक्रम हरुमा खादा ओढ्न मात्रा तछाड मछाड गरी रहेका छन्। यस्तै यस्तै गर्दै ३/ ४ दशक बिति सक्दा पनि कसैको घैटोमा घाम लागेन र देश बिकास र नेपाली जनमानसको जीबन स्तर उन्नति गर्नतर्फ केही गर्नु पर्छ भन्ने सोच आएन तर आफूलाई भने बिश्वको बिकसित मुलुकको बिलासितासँग डुबाइ रहयो र देशलाई धिक्कारी रहयो। देश बिकास र जनताको जीबन स्तर उन्नति गर्न पुरानो शैक्षिक पद्दतिलाई परिवर्तन गरी ०२१ औ शताब्दीको आधुनिक शिक्षालाई भोलीका देशका कर्णाधारहरु माझ पुर्याउन कुनै चासो कोही कसैसंग आएन।

विश्वको विभिन्न क्षेत्रमा कार्येरत तपाई हामी भूतपूर्ब विद्यार्थीहरुको एक्यबद्दता बाट आ-आफ्नो बिद्यालयमा ०२१ औ शताब्दीको आधुनिक शिक्षा(कम्प्युटर शिक्षा) पुर्याउने उद्देश्य र योजनाका साथ गाउँमा कम्प्युटर शिक्षा अभियानको गठन भएको कुरा युएइलाई कर्मथलो बनाएका गाउँमा कम्प्युटर शिक्षा अभियानकर्ताको रुपमा परिचित अभियान कर्ता धादिंगका भूबन गुरुङ बताउनु हुन्छ।

नेपाल तथा विश्वका विभिन्न मुलुकहरुमा कार्यरत सम्पूर्ण नेपालीहरु, ब्यापारी बर्ग तथा श्रमजीबी बर्गहरुले हामीलाई सक्दो सहयोग गरी शिक्षित समाज र देशको निर्माण गर्न र भएको संरचनाको जगेर्ना तथा नयाँ संरचना निर्माण गरी बिश्वसामु नेपाल र नेपालीको पहिचान गराउन हामीलाई आर्थिक, भौतिक तथा बौद्दिक क्षेत्रबाट सहयोग गरी दिनु हुन गाउँमा कम्प्युटर शिक्षा अभियान बिनम्र अनुरोध गर्दछ।





Comments

comments

1268