टाईफून सिग्नल नं. ३ मा झर्यो, टाईफूनका कारण ९ जना घाइते

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ६ सेप्टेम्बर। हङकङ अब्जरभेटरीले सामुद्रिक आँधी सुपर टाइफुन यागी सिग्नल नं. ३ मा झरेको जनाएको छ।

अब्जरभेटरीले शुक्रबार दिउँसो १२.४० बजे सुपर टाइफुन यागीलाई कडा हावा संकेत नम्बर ३ मा डाउनग्रेड गरेको छ, तर वर्षाले हङकङलाई असर गरिरहने चेतावनी दिएको छ- तीब्र हावा अझै चलिरहेको छ। कृपया सावधानी अपनाउंनुहोस्।

सिग्नल नं ३ को लगभग १८ घण्टा पछि वर्षको पहिलो सिग्नल नं ८ संकेत जारी गरेको थियो।

अब्जरभेटरीले शुक्रबार दिउँसो १२.३० बजेसम्म १०० भन्दा बढी रूखहरू ढलेको, साथै एउटा पहिरो खसेको र बाढी आएको पुष्टि गरेको छ। टाईफूनका कारण ९ जना घाइते भएपछि सार्वजनिक अस्पतालमा भर्ना भएका जनाएको छ।





Comments

comments

125967