आज इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौं – वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा गर्दै आज इन्द्रजात्रा पर्व मनाइँदैछ। यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याएर यो पर्व सुरु हुन्छ। यो जात्रा आठ दिनसम्म विभिन्न नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी मनाइन्छ।

हनुमानढोकास्थित गद्दी बैठकमा राष्ट्रपतिबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ।

भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा पुलुकिसी नाच प्रदर्शन गरिन्छ। इन्द्रध्वज पातन: आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वज लडाउने विधान छ।

यस दिन अनन्तनाथ (भगवान् विष्णु) को पूजा गरिन्छ। चोखो धागोमा अनन्त मन्त्रणगरी बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास छ।

दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ।

यसरी, इन्द्रजात्रा पर्व विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रमहरू सहित उल्लासपूर्वक मनाइन्छ।





Comments

comments

126186