हमासका प्रमुखको मृत्युपछि अमेरिकाको टिप्पणी- ‘विश्वका लागि राम्रो दिन, युद्धविरामको अवसर’

काठमाडौँ । हमासका प्रमुख याह्या सिनवारको मृत्युपछि अमेरिकाले यो इजरायल र विश्वका लागि राम्रो दिन भएको टिप्पणी गरेको छ । अमेरिकाले यसलाई युद्धविराम गरेर नयाँ राजनीतिक सम्बन्धको सुरुवातको अवसर समेत भनेको छ ।

राष्ट्रपति जो बाइडेनले सिनवारको मृत्युको दिनलाई इजरायल, अमेरिका र विश्वका लागि राम्रो दिन भनेका छन् ।

अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यू मिलरले सिनवारको मृत्युलाई युद्धको प्रकृति परिवर्तन गर्ने अवसर भएको बताएका छन् ।

अमेरिकी अधिकारीहरूले युद्धविरामका लागि कतार र सम्बन्धित देशका अधिकारीहरूसँग समेत संवाद गरिरहेका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

अमेरिकी विदेश विभागका प्रवक्ताले भनेका छन्, ‘सिनवारको मृत्यु युद्धविरामको अवसर हुनसक्छ । यसलाई यो हिसाबले सदुपयोग गर्ने प्रयास भइरहेको छ ।’ रासस





Comments

comments

127064