हङकङमा समुद्री दुर्घटना: लाम्मा आईल्याण्डमा दुई जहाज ठोक्किँदा माछा मार्ने डुंगा डुब्यो, ६ को उद्धार, १ जना बेपत्ता..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १७ नोभेम्बर। लाम्मा आईल्याण्ड नजिकै समुद्रमा दुई जहाज ठोक्किँदा एक माछा मार्ने डुंगा डुबेको छ। आज बिहान ५:२१ बजे प्रहरीले एक माछा मार्ने डुंगा र एक तेल ट्यांकरबीच ठक्कर भएको रिपोर्ट प्राप्त गरेको थियो। दुर्घटनामा माछा मार्ने डुंगा डुबेर सात जना समुद्रमा खसेका थिए।

स्थानीय मिडियाका अनुसार, उद्धारकर्मीहरूले ६ जनालाई सकुशल उद्धार गरेका छन् भने करिब ८० वर्षीय एक व्यक्ति बेपत्ता भएका छन्।

उद्धार गरिएका व्यक्तिहरूलाई एबर्डीन माछा थोक बजार नजिकैको जेट्टीमा ल्याइएको थियो र त्यहाँबाट एम्बुलेन्समार्फत क्वीन मेरी अस्पताल पुर्याइएको छ। केही व्यक्तिहरूलाई अस्पताल लैजाँदा टिनफोइलले न्यानो पार्नुपरेको थियो।

खोज तथा उद्धार टोलीले घटनास्थलमा समुद्री सतहमा खोजी कार्य जारी राखेको छ। दुर्घटनाको अनुसन्धानको भइरहेको जनाइएको छ।





Comments

comments

127778