वरिष्ठ साहित्यकार पौड्यालको थपियो ‘शान्ता’ खण्डकाव्य

बनेपा, अक्षरमार्गले साहित्यकार डा. गोपाल पौड्याल मण्डनेको ‘शान्ता’ खण्डकाव्यको एक कार्यक्रमबीच लोकार्पण गरिएको छ ।

कृति लोकार्पण गर्दै वरिष्ठ साहित्यकार डा. शैलेन्दुप्रकाश नेपालले ‘शान्ता’ सुन्दर काव्य सिर्जना भएको बताउनुभयो । उहाँले परदेशमा बसेर पनि स्वदेशका घटनालाई उतार्न सक्नु ठूलो कुरा रहेको विचार व्यक्त गर्नुभयो । साहित्यकार सूर्यप्रसाद लाकोजूले ‘शान्ता’ खण्डकाव्य वर्तमान नेपाली समाजको प्रतिविम्ब भएको उल्लेख गर्नुभयो ।

काव्यकार गोपाल मण्डनेले वियोगान्त शान्ता खण्डकाव्यले हरेक कुराको समय आउने र कुसमयमा गरेको प्रेम पनि फलदायी नहुने भाव खण्डकाव्यले बोकेको धारणा राख्नुभयो । कार्यक्रममा गीता रेग्मीले कृतिको बारेमा टिप्पणी गर्नुभयो ।

नेपाली भाषा र साहित्यमा समर्पित अक्षरमार्गले नेपाली वाङमयका मूर्धन्य विद्वानहरूको सिर्जनाका साथसाथै नेपाली साहित्यमा भर्खर कलम चलाएका प्रतिभाहरूलाई समेत अगाडि ल्याउने, साहित्यमा अगाडि बढाउने काम गर्दै आएको छ ।

काभ्रे जिल्लाको मण्डन देउपुरमा जन्मनु भएका गोपाल पौड्यालले नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आउनु भएको छ। खण्डकाव्यभित्र शान्ताको वियोगान्त कथा छ। त्योभन्दा पनि उहाँका अभिभावकलाई परेको पीडाको सजीव चित्रण गरिएको छ। एउटा पुरुषले नारीलाई कसरी मर्न बाध्य बनाउँछ भन्ने कुराको चित्रण कृतिले बोकेको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

127798