भाइरल बालकलाकार सचिन परियारको असामयिक निधन

काठमाडौं, चर्चित बालकलाकार सचिन परियारको १३ वर्षको उमेरमा बिहीबार बिहान १०:४५ बजे त्रिवि शिक्षण अस्पतालमा निधन भएको छ।

लामो समयदेखि स्वास्थ्य समस्याबाट जुधिरहेका सचिनको कम्मरमुनिको भाग काम नगर्ने अवस्थामा थियो । विगत केही दिनदेखि आईसीयूमा उपचाररत उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । यसअघि गरिएको शल्यक्रियाले पनि उनको स्वास्थ्यमा खासै सुधार ल्याउन सकेन।

सामाजिक सञ्जालमा भाइरल बनेका सचिनले आफ्नो छोटो जीवनकालमा नै उल्लेखनीय सफलता हासिल गरेका थिए । उनका प्रसिद्ध गीतहरू ‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’, र ‘बरको छायाले’ ले दर्शक-श्रोताको मन जितेको थियो । अभिनेता राजेश हमालसँगको म्युजिक भिडियो र लोकप्रिय हास्य श्रृंखला ‘मेरी बास्सै’मा गरेको अभिनयले पनि उनलाई थप चर्चामा ल्याएको थियो।

हालै ‘इन्द्रेणी’ कार्यक्रममा देखिएका सचिनको स्वास्थ्य अवस्था निकै कमजोर थियो र उनी राम्रोसँग बोल्न समेत सक्ने अवस्थामा थिएनन्।





Comments

comments

128559