चीनको स्वशासित क्षेत्र तिब्बतको शिगात्से शहरको डिंग्री काउन्टीमा मंगलबार बिहान गएको भूकम्पबाट मंगलबार रातिसम्म १२६ जनाको मृत्यु भएको छ भने १८८ जना घाइते भएका छन्।
तिब्बत क्षेत्रको आपतकालीन कमाण्ड सेन्टरले भूकम्पको आपतकालीन प्रतिक्रियालाई सर्वोच्च स्तर लेभल १ मा पुर्याएको चिनियाँ समाचार संस्था सीजीटीएनले जानकारी दिएको छ।
हालसम्म करिब ३०,४०० जनालाई अस्थायी आश्रयस्थलमा स्थानान्तरण गरिएको र सबै घाइतेहरूको उपचार भइरहेको सीजीटीएनले जनाएको छ।