भूकम्पबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो..

अपडेटः
न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ७ जनवरी। चीन भूकम्प नेटवर्कले मंगलबार बिहान ९:०५ बजे तिब्बतको शिगात्से सहरको दिङ्री काउन्टीमा रिक्टर स्केलमा ६.८ म्याग्निच्युडको भूकम्प गएको आधिकारिक रूपमा मापन गरेको छ। भूकम्पको केन्द्र १० किलोमिटर गहिराइमा थियो।

चिनियाँ समाचार संस्था सीजीटीएनले भूकम्पबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ९८ पुगेको जानकारी दिएको छ। धेरै मानिसहरूले शक्तिशाली भूकम्प महसुस गरेको बताए।

दिङ्री काउन्टीका गभर्नर ताशी दुन्झुको भनाई उदृत गर्दै हङकङबाट प्रकाशित हुने एचके अनसीसीले भूकम्पबाट धेरै घरहरू भत्किएका छन्।तिब्बत स्वायत्त क्षेत्रको भूकम्प प्रशासनले काउन्टी गभर्नरको टाउनशिप, कुलुओ टाउनशिप र त्सोगुओ टाउनशिपमा केही मानिसहरू अझै फसेको बताएको छ।

चीन भूकम्प वेधशालाको तथ्यांक अनुसार भूकम्पको ५ किलोमिटर भित्र धेरै गाउँहरू छन्, जसको औसत उचाई लगभग ४,२५९ मिटर छ।

हङकङ वेधशालाको प्रारम्भिक विश्लेषण अनुसार तिब्बतमा ७.१ म्याग्निच्युडको भूकम्प गएको थियो, जसको केन्द्रबिन्दु शिगात्से सहरको पश्चिम-दक्षिण पश्चिममा लगभग १६० किलोमिटर टाढा थियो।

स्थानीय उद्धार टोलीहरू तत्काल परिचालन गरिएका छन् र प्रभावित क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। दिङ्री एयरपोर्टका उडानहरू प्रभावित भएको जनाइएको छ।

यो भूकम्पको धक्का नेपालसहित भारतसम्म महसुस गरिएको थियो। भूकम्पको केन्द्रबिन्दु नजिक पर्ने सोलुखुम्बु, संखुवासभा, दोलखा र ताप्लेजुङमा विवरण संकलन भइरहेको छ। अहिलेसम्म अप्रिय घटनाको विवरण नआएको सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी रूपेश विश्वकर्माले बताएका छन्।





Comments

comments

128612