Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
नेपालबाट आएका क्याथे प्यासिफिक उडानका दर्जनौं यात्रुहरु विरामी.. – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

नेपालबाट आएका क्याथे प्यासिफिक उडानका दर्जनौं यात्रुहरु विरामी..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ९ जनवरी। नेपालबाट आएको क्याथे प्यासिफिक उडानमा लगातार दुई दिन दर्जनौं यात्रुहरू खाना विषाक्तताको आशंकामा बिरामी भएका छन्।

क्याथे प्यासिफिकको दुई दिनमा नेपालबाट हङकङ आइपुगेका केही यात्रुहरूमा खाना विषाक्तताका लक्षणहरू देखिएका छन्। आज विहीवार बिहान ३:०० बजे काठमाडौंबाट आईपुगेको क्याथे प्यासिफिक CX640 विमानमा करिब १९ जना यात्रुहरू बिरामी भएका छन्। जसमध्ये कम्तीमा पाँच जना नेपाली मूलका यात्रुहरू थिए। ती यात्रुहरूले विमानमा चढ्नु अघि र विमानमा खाना खाएको जानकारी प्राप्त भएको छ।

चालक दलले तत्काल विमानस्थल नियन्त्रण टावर कर्मचारीहरूलाई घटनाको जानकारी गराएपछि उद्धारकर्मीहरूले ६ वटा एम्बुलेन्स विमानस्थलभित्र खटाएका थिए। आज बिहान करिब ३ बजे सूचना प्राप्त भएपछि फायर सर्भिसेज विभागले विमानस्थलमा धेरै एम्बुलेन्सहरू तैनाथ गरेको थियो। विमान अवतरण भएपछि १२ जनालाई जाँचका लागि नर्थ लान्टाउ अस्पताल लगिएको स्थानीय मिडिया एचकेजिरोवानले जनाएको छ।

बुधवार पनि समान फ्लाइट नम्बरको यात्रुहरु विरामी:
घटना हुनु एक दिनअघि अर्थात् २४ घण्टाअघि समान फ्लाइट नम्बर CX640 को यात्रु विमानमा यस्तै घटना भएको थियो। हङकङ स्वास्थ्य सुरक्षा केन्द्रले बुधवार पनि क्याथे प्यासिफिक एयरवेजले काठमाडौंबाट हङकङ आइपुगेको उडानका केही यात्रुहरूले विमानमा खाना खाएको १० देखि ३० मिनेटपछि बान्ता, वाकवाकी, पेट दुखाइ र ज्वरो जस्ता खाद्य विषाक्तताका लक्षणहरू देखिएको रिपोर्ट प्राप्त गरेको जनाएको छ।

विमान हङकङ आइपुगेपछि केन्द्रको पोर्ट हेल्थ डिपार्टमेन्टका कर्मचारीहरूले तुरुन्तै सम्बन्धित उडानमा चढेर प्रभावित यात्रुहरूको महामारी विज्ञान अनुसन्धान गरेका थिए। खाना विषाक्तताको यस घटनामा जम्मा १० जना विरामी परेका थिए। २१ देखि ३८ वर्ष उमेरका ६ पुरुष र ४ महिलामध्ये चार जनालाई अस्पतालमा उपचार गराइएको थियो।

विरामीको कारण विमान बाहिरको खाना:
स्वास्थ्य सुरक्षा केन्द्रले बुधवारको घटनामा बिरामीहरूले त्यहाँ विमानमा प्रवेश गर्नुअघि टेकअवे चिकन, काँक्रो र गोलभेडाको स्यान्डविच सलाद ड्रेसिङ र फ्रेन्च फ्राइज खाएको बताएको छ। प्रारम्भिक रूपमा यो घटना यस प्रकारको स्यान्डविचले गराएको हुन सक्ने विश्वास गरिएको छ।

विरामी विमानमा दिइएको खानाबाट नभएको:
स्वास्थ्य सुरक्षा केन्द्रको प्रारम्भिक अनुसन्धानका अनुसार विमानमा दिइएको खानामा रोटी, फलफूल, सलाद, खसीको मासु र भात, कुखुराको मासु र भात र आइसक्रिम समावेश थियो। अर्कोतर्फ, प्रभावित यात्रुहरुले विमान चढ्नु करिब दुई घण्टा अघि टेकअवे चिकन, काँक्रो र गोलभेडाको स्यान्डविच सलाद ड्रेसिङ र फ्रेन्च फ्राइज खाएका थिए। हाल उपलब्ध महामारी विज्ञान अनुसन्धान तथ्यांकको आधारमा यो घटना यस प्रकारको स्यान्डविचले गराएको हुन सक्ने सम्भावना बढी भएको जनाएको छ।





Comments

comments

128645