१० डलरले बद्लिन सक्छ कसैको भाग्य..

१० डलरले बद्लिन सक्छ कसैको भाग्य
हङकङ जोकी क्लबद्वारा इतिहासकै सर्वाधिक २२८ मिलियन डलरको पुरस्कार घोषणा

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २४ जनवरी। यस पटक चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा जोकी क्लबले कुल २२८ मिलियन हङकङ डलर बराबरको नयाँ वर्ष पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। यसमा घोडदौड पुरस्कार र इतिहासकै सबैभन्दा ठूलो चिनियाँ नयाँ वर्ष स्वर्ण पुरस्कार समावेश छ।

जोकी क्लबले नयाँ वर्षको तेस्रो दिन (३१ जनवरी) मा आयोजना हुने “चिनियाँ नयाँ वर्ष घोडदौड दिवस” मा थ्री-टी रिजर्भबाट ठूलो पुरस्कार राशि छुट्याएको छ। एकल विजयी थ्री-टी पुरस्कारमा १० हङकङ डलरको बाजी लगाउँदा अनुमानित १८ मिलियन हङकङ डलरसम्म पुरस्कार जित्न सकिने छ।

मार्क सिक्स चिनियाँ नयाँ वर्ष जिनदुओबाओ लटरी फेब्रुअरी २ मा सञ्चालन हुनेछ। जसमा १५० मिलियन हङकङ डलरको विशेष पुरस्कार रहेको छ। एकल बाजीमा १० हङकङ डलरमा लटरी टिकट काटेर १८८ मिलियन हङकङ डलरसम्मको ज्याकपट जित्न सकिने छ। जुन हालसम्मकै सबैभन्दा ठूलो ज्याकपट र नयाँ वर्षको सबैभन्दा ठूलो स्वर्ण पुरस्कार हो।

“चिनियाँ नयाँ वर्ष घोडदौड दिवस” को बाजी नयाँ वर्षको दोस्रो दिन (३० तारिख) दिउँसो १२ बजेदेखि बाजी लगाउन सुरु हुनेछ। ग्राहकहरूले विभिन्न अफसाइट बेटिङ कार्यालयहरू, टेलिफोन बेटिङ र डिजिटल प्लेटफर्महरू मार्फत बाजी लगाउन र टिकट खरिद गर्न सक्नेछन्।





Comments

comments

128860