काठमाडौं, २०८१ माघ १९ गते। नेपाली भाषासाहित्य र कलाक्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने तीन विशिष्ट व्यक्तित्वहरूलाई प्रतिष्ठित वानीरा पुरस्कारबाट सम्मानित गरिने भएको छ।
साहित्य र शिक्षाको क्षेत्रमा ६ दशकभन्दा बढी समय योगदान गर्नुभएका प्रा. रामकुमार पाँडेलाई एक लाख रुपैयाँ राशिको ‘वानीरा प्रज्ञापुरस्कार’ प्रदान गरिने भएको छ।
त्यसैगरी, ७ दशकदेखि चित्रकलाको क्षेत्रमा नेपालको नाम विश्वभर चम्काउनुभएका श्री शशि शाहलाई एक लाख रुपैयाँको ‘वानीरा शङ्कर पुरस्कार’ प्रदान गरिनेछ।
साथै, नेपाली कविता क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएका कविवर श्री कृष्ण बाउसेलाई पचास हजार रुपैयाँ राशिको ‘वानीरा पुरस्कार’ प्रदान गरिने घोषणा गरिएको छ।
यी सम्मानित पुरस्कारहरू विश्व नारी रत्न डा. वानीरा गिरीको सम्मानमा स्थापित गरिएका हुन्। वानीरा फाउन्डेसनका सदस्यसचिव नरेन्द्रराज प्रसाईका अनुसारवानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई. शङ्कर गिरीको उपस्थितिमा आयोजित बैठकले यो निर्णय गरेको हो।