हङकङमा गहना पसल लुटपाटको आरोपमा थप एक पाकिस्तानी पक्राउ..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ७ फेब्रुअरी। गत महिना शेउङ सुईको सान फुङ एभेन्युस्थित एक गहना पसलमा लुटपाट गरेको आरोपमा थप एक पाकिस्तानी पुरुष पक्राउ परेका छन्।

गत बुधवार मोङ कोकबाट पक्राउ परेका २९ वर्षीय पाकिस्तानी पुरुषलाई शुक्रवार फानलिङ म्याजिस्ट्रेट अदालतमा पेश गरिएको छ।

जनवारी १५ जनवरीको साँझ शेउङ सुईको सान फुङ एभेन्युस्थित एक गहना पसलमा करिब १.५ मिलियन हङकङ डलर मूल्य बराबरको गहना लुटपाट भएको थियो। चक्कु र हथौडाले सुसज्जित चार जना मास्क लगाएका लुटेराहरू गहना पसलमा लुटपाट गरी भागेका थिए।

डकैतीको आरोपमा अधिकारीहरूले यसअघि घटनाको भोलिपल्ट (१६) बिहान २३ वर्षीय पाकिस्तानी पुरुषलाई पक्राउ गरेका थिए। यो घटनामा पक्राउ पर्नेको कुल संख्या दुई पुगेको छ।





Comments

comments

129086