Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

तमुवानको लागि लडाकु फोर्स गठन

हुम तमु / एचकेनेपाल डट कम-
पोखरा, २१ भदौ। तमुवानको आन्दोलन सुस्ताइरहेको बेला कस्केली युवाहरुले तमुवान प्राप्तिका लागि बलिदानीपूर्ण आन्दोलन गर्ने लडाकु फोर्स गठन गरेको छ। पहिचान सहितको संघीयता, तमुवानसहितको संविधान निर्माणको आन्दोलनलाई शसक्त बनाउन कास्कीमा कृष्ण तामाङको अध्यक्षतामा १०१ सदस्यीय संघीय तमुवान युथ फोर्स कास्की गठन गरिएको छ।


तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

तमुवान भुमिको राजधानी पोखरामा शनिवार संघीय समाजवादी पार्टीको भातृ संगठन संघीय युवा कास्कीको दोश्रो जिल्ला भेलाद्धारा गठित फोर्सको वरिष्ठ उपाध्यक्षमा युवराज थापा, राम गुरुङ, दिलिप गुरुङ, अमित थापा, मन्सु घले, दुर्गा तामाङ, जीवन खाती, सचिवमा बिनोद थापा, सहसचिवमा लिलाबहादुर गुरुङ, कोषाध्यक्षमा देव नेपाली र सहकोषाध्यक्षमा विजय पुन लगायत सदस्यहरु चयन भएकाछन् । गठित फोर्समा पुर्व बेलायती सेना, भारतीय सेना, नेपाली सेना, जनमुक्ति सेना, प्राध्यापक, शिक्षकहरु समेत रहेको बताइएको छ । यसरी नै भेलाले प्रेम गुरुङको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरेको छ।

तमुवान प्राप्तिको आन्दोलनको लडाकु शक्तिको रुपमा नवगठित फोर्सलाई संघीय समाजवादी कास्कीका अध्यक्ष दीपक तामाङबाट तमुवान प्रदेश स्थापना, पहिचानको सुनिश्चितता र समान अधिकार प्राप्तिका लागि आवाश्यक परे बलिदानसमेत दिने सपथ ग्रहण गरेका थिए।

नवनिर्वाचित अध्यक्ष कृष्ण तामाङले तमुवान प्राप्तिका लागि शरिरमा एक थोपा रगत रहेसम्म संघर्षरत रहने प्रतिवद्धता व्यक्त गर्नुहुदै फोर्सको विस्तार तमुवान क्षेत्रको गाँउ गाँउमा पुर्याउने बाचा गर्नुभयो।

यस अघि, जिल्ला भेलाको दीप प्रज्वलन गरी उद्घाटन गर्नु हुदै कार्यक्रमका प्रमुख अतिथि संघीय समाजवादी पार्टीका स्थायी समिति सदस्य गणेशमान गुरुङले तमुवान प्रदेश स्थापना तमुवान भुमिको जनताको नै नैसर्गिक अधिकार भए पनि परिवर्तन नचाहने राजनीतिक दल र तिनका नेताहरुले तमुवान, पहिचान, सामाजिक न्याय विरुद्धको संविधान जारी गराउने प्रयत्न गरिरहेको आरोप लगाउनु भयो । तमुवान स्थापित, पहिचान सुनिश्चित र समान अधिकार व्यवस्था नभएको संविधान ल्याउन खोजे जलाउने भन्नुहुदै तमुवान कसैले दिएर होइन लडेरै स्थापित गर्ने उद्घोष गर्नुभयो। उक्त आन्दोलनको युवाहरुले गर्नुपर्ने बताउनुभयो।

अर्का स्थायी समिति सदस्य सुरेन्द्र थापामगरले राज्य संचालन गर्न अक्षम दल र नेताहरुबाट नयाँ नेपाल नबन्दै दावी गर्नुहुदै बैकल्पिक राजनीतिक शक्तिका युवाहरुले परिवर्तनका लागि पहल गर्नुपर्ने बताउनुभयो। उहाँले राज्य र शासकहरुबाट विगतदेखि जाति, वर्ग, क्षेत्र, लिंग, भाषा, संस्कृति आदिका आधारमा विभेदमा पारिएकाहरुले विभेदको पीडालाई शक्तिमा बदलेर आन्दोलिन बन्नुपर्ने बताउनुभयो।

केन्द्रीय सदस्य खेमजंग गुरुङले तमुवान प्राप्तिका लागि आन्दोलनको उभार तमुवानको राजधानी पोखराबाटै युवाहरुले अगुवाई गर्नुपर्छ भन्नुहुदै भुपू सैनिकहरुले विदेशी भुमि एवं स्वार्थका लागि रगत पसिना बगाएको छ, तमुवानका लागि तयार हुने बताउनुभयो।

संघीय युवा संघ कास्कीका अध्यक्ष लक्ष्मण गुरुङको अध्यक्षतामा भएको भेलामा संघीय समाजवादी पार्टी कास्कीका अध्यक्ष दीपक तामाङ, केन्द्रीय कानुन विभागका सदस्य अधिवक्ता जुनाकुमारी गुरुङ, संघीय प्रेस युनियनका केन्द्रीय सदस्य हुमबहादुर गुरुङ लगायतले मन्तव्य व्यक्त गर्नुहुदै पहिचान सहितको संघीयता, तमुवानसहितको संविधान र समान अधिकारका लागि आन्दोलित हुनुपर्नेमा जोड दिनुभएको थियो।

कार्यक्रममा उपाध्यक्ष कृष्ण तामाङले स्वागत र वीरेन्द्र तामाङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने कलाकारहरुले साँस्कृतिक प्रस्तुति गरेका थिए।

हाम्रो चाहना, समानता र सम्मान, अपमान होइन स्वाभिमान र पहिचान नाराका साथ सम्पन्न भेलामा युवाहरुको बृहत सहभागिता रहेको थियो।





Comments

comments

1292