Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

फेसबुकबाट केटी साथीलाई ब्ल्याकमेलिङ गर्ने युवक पक्राउ

फेसबुकमार्फत केटी साथीको फोटो सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गरेर पैसा माग्ने युवक पक्राउ परेका छन्। कीर्तिपुर बस्ने वर्ष २२ का राजेश पौडेललाई प्रहरीले पक्राउ गरेको हो।

आफ्नै एक केटी साथीको फोटो मोवाइलमा खिचेर उनले त्यसमा अश्लील फोटो जोडेर सार्वजनिक गर्ने भन्दै धम्की दिँदै आएका थिए।

‘६ हजार दिए सार्वजनिक नगर्ने’ भन्दै ब्ल्याकमेलिङ गर्न थालेपछि युवतीले प्रहरीमा उजुरी गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ। पौडेललाई आइतबार पक्राउ गरिएको हो। पौडेललाई विद्युतीय कारोवार ऐन अन्तर्गत कारबाही गरिने महानगरीय प्रहरी अपराध महाशाखाका एसपी भुपाल भण्डारीले बताए। विद्युतीय कारोवार ऐनअन्तर्गतको मुद्दामा पाँच वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी प्रावधान छ।





Comments

comments

1302