Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गल्फमा पहिलो पटक कतारमा नेपथ्यको कार्यक्रम हुदै

घनश्याम पराजुली (कृष्ण) / एचकेनेपाल डट कम-
दोहा– गल्फमा नै पहिलो पटक नेपथ्य ब्याण्डले कतारमा कार्यक्रम गर्ने भएको छ। एलजी गुप्र दोहाको आयोजनामा कार्यक्रम हुन लागेको हो।

फाइल फोटो

कतारमा धेरै पटक नेपत्थ्य आउने चर्चा रहदै आएको थियो। एलजी गुप्र दोहाले गत शुक्रवार पत्रकार सम्मेलन गरी आगामी १९ सेप्टेम्बरका दिन दोहाको सनैयास्थित ग्राण्ड मल नजिकै रहेको वेष्ट ईन्ड पार्कको स्टडियममा हुने कार्यक्रमको बारेमा जानकारी दिएको थियो।

गाउँ गाउँ बाट उठ बस्ति बस्तिबाट उठ , रातो र चन्द्रसुर्य , रेशम , भेडाको उनजस्तोलगायात धेरै नै सांगीतिक प्रस्तुतीहरुले चर्चा बटुल्दै आएको नेपत्थ्य ब्याण्डले कतारमा आएर कार्यक्रम नगर्दासमेत निकै नै चर्चा पाउने गरेको छ। उनीहरुको आगमनको प्रतिक्षामा धेरै दर्शकहरु कुरिरहेको जस्तो भान हुन्छ। उनीहरुको प्रस्तुती हेर्न कतारका दर्शक अति नै आतुर छन्। दर्शकहरुको अनेकौ कौतुहलता मेटाउदै एलजी गुप्र कतारले नेपत्थ्यलाई कतारमा ल्याउदैछ।

नेपत्थ्य कतार आउने चर्चा धेरै पटक चलेको थियो। दर्शकहरुको विश्वास पनि घटिरहेको थियो नेपत्थ्य कतार आउछन भनेर तर यसलाई चिरफार गर्दै पत्रकार सम्मेलनमा एलजी गुप्रका शंकर खैरे भाईले कतारका आवश्यक कागजात साथै नेपत्थ्यसग गरेको सम्झौता पत्र देखाउदै दर्शकहरुलाई ढुक्क रहन आग्रह गरे।

आगामी बक्र ईदको समयमा तय गरिएको कार्यक्रमलाई नेपत्थ्य ब्याण्डको समय तालिका नमिल्नाले आगामी १९ सेप्टेम्बरका दिन सारिएको उनले बताए। पत्रकार सम्मेलनमा आयोजकको रुपमा युवराज खड्का, शंखर खैरे भाई, नरेन खड्का, जोन , प्रविन गुरुङ्ग, लाल्डा भट्ट, विश्व थापा, सन्तोष परियार र दिपक गुरुङ्गले काम गर्ने बताईयो।

नेपाली दर्शकहरुको भरपूर मनोरन्जन दिनका लागि आयोजकले गर्न पर्ने कामहरुलाई सुझावको रुपमा सहभागीहरुले आफ्ना कुराहरु राखेका थिए। कार्यक्रमलाई कास्की आर्दश सेवा समाज, तमु बुद्ध सेवा समाज , आईएएफ , समाज सेवा अभियान रुपन्देही, पर्वत सेवा समाज,प्रवासी सांगितीक परिवार र नेपाली महिला समाज कतारले सहयोगी भूमिकाको रुपमा काम गर्ने छन्।

पत्रकारलगायत सहभागीहरुले राखेको जिज्ञाषाको बारेमा जानकारी दिदै आयोजक टिमले कतारमा कार्यरत नेपालीहरुको पूर्ण सहयोग तथा उपस्थितिको अपेक्षा गरेका छन्। लगभग १७ हजार क्षमता भएको स्टडियममा दर्शकहरुको उल्लेख्य मात्रामा उपस्थिति रहनेमा आयोजक टिम ढुक्क छ। नेपत्थ्यको आगमनले कतारमा कार्यरत ५ लाख नेपाली कामदारको अपेक्षा पूरा हुने छ हजारौ दर्शकहरुको माझमा रेशम घन्किने छ। शान्तिका लागि संगीत छर्दै कतारको माहोल तात्ने छ। आफ्नै गाउँ घर पाखा पखेरा अनि आफै जन्मे हुर्केको ठाउको सम्झनामा डुब्नेछन् कार्यक्रममा दर्शकहरु नेपत्थ्यको सांगीतसँगै …अल्लारे ठिटी जिस्कोउछे मलाई पिरती छाडी कहाँ जाली उम्केर हो रेशमसँगै..।

यो पनि हेर्नुहोलाः धम्पुस स्वर्णिम साँझ | नेपथ्य – अमृत गुरूङ





Comments

comments

1305