Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

स्याङ्जाको जिशिकाले नै गर्छ बदमाशी

रेडियो गण्डकी / एचकेनेपाल डट कम-
स्याङ्जा ,२३ भदौ । स्याङ्जाको कालिकाकोट गाविसमा रहेको ठूलीभञ्ज्याङ्ग मा.वि.मा जिल्ला शिक्षा कार्यालयले नै बदमाशी गरेको छ।

ठूलीभञ्ज्याङ्ग मा.वि.मा. कार्यरत प्रअ नारायण प्रसाद अर्याल र व्यवस्थापन समितिको अध्यक्ष भीमबहादुर गुरुङ्गलाई जिशिकाले दबाब दिएका कारण राजीनामा दिनुपरेको बताएका छन्। स्रोत व्यक्ति जयप्रसाद तिवारी, विद्यालय निरीक्षक बसन्तराज पौडेल र जिल्ला शिक्षा अधिकारी संगीता रेग्मीले स्थानीय चन्द्रमाया गुरुङ्गलाई अस्थाई शिक्षक नियुक्ति गर्ने विषयलाई लिएर विवाद गरेको पीडित पक्षको भनाई छ।

स्रोत व्यक्ति जयप्रसाद तिवारीले चन्द्रमाया गुरुङ्गबाट ६० हजार मोटो रकम लिएर उनलाई अस्थाई शिक्षक नियुक्ति गर्ने विषयमा नै विद्यालयमा विवाद बढेको व्यवस्थापन समितिका अध्यक्ष भीमप्रसाद गुरुङ्ग बताउछन्। स्थानीय कुलबहादुर गुरुङ लगि बल प्रयोग गरी राजीनामा दिएको अध्यक्ष गुरुङ्ग बताउछन्। उनका अनुसार स्कूलमा कृतिम कागज बनाई आर्थिकमा समेत अनियमितता गरेको र अस्थाई प्रअ र व्यवस्थापन समिति अध्यक्ष नियुक्ति गरेको समेत पत्रकार सम्मेलन गरी बताएका छन्।

‘नभएको रकम बेरुजी देखाई रु १ लाख रुपैया मेरो तलबबाट कट्टा गरेका छन’ प्रअ नारायण प्रसाद अर्यालल भने। ‘स्कूलको ग्राउण्ड बनाउनको लागि खर्च भएको रु १ लाख रुपैँया बेरुजीमा निकाली मेरै एक बर्षको तलबबाट कट्टा गरेका हुन्।’

पत्रकार सम्मेलनमा उनले रुदै भने- ‘बल प्रयोग गरेर राजीनामा दिएको वताएका छन।, स्कूलमा भएको कागजात र आर्थिकलाई समेत हिनामिना पारे’ उनले पुन थपे। विद्यार्थीको भविष्यमाथि ठूलो षड्यन्त्र भयो संबन्धित निकाय पैसामा नै राम्रो हुन्छ कुनै चासो दिदैन।’

छानविन गर्नको लागि क्षेशिनिकाको निर्देशन पत्र र अख्तियार दुरुपयोग अनुसन्धानका पत्रलाई पनि जिशिकाले कुनै वास्ता नगरेको समेत पीडित पक्षहरुको भनाई छ।





Comments

comments

1309