Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
नायक जीवन लुइँटेल ठूली चलचित्र हेर्न अमेरिका पुगे – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नायक जीवन लुइँटेल ठूली चलचित्र हेर्न अमेरिका पुगे

विजय थापा / एचकेनेपाल डट कम-
भर्जिनिया, नेपाली चलचित्रका नायक जीवन लुइँटेल आफूले अभिनित ठूली चलचित्र हेर्न पहिलो पटक अमेरिका आई पुगेका छन्। पहिले नै भाद्र ७ गते डिसी महानगर क्षेत्रको भर्जिनियामा प्रदर्शन गर्ने योजना अनुसार आफू अमेरिका आएको नायक जीवन लुइँटेलले बताए।

अमेरिकामा रहेका आफ्ना प्रशंसक, नेपाली दाजुभाई तथा दिदीबहिनीहरुसंग आफूसंगै बसेर आफ्नो चलचित्र हेर्न पाउनु सौभाग्य भएको बताउदै उनी दर्शक माझ बसेर पुरै चलचित्र हेरेका छन्।

चलचित्र शुरु हुनु अगाडि जीवन लुइँटेललाई दर्शकले कर्तल ध्वनिले सम्मान गरेका थिए भने उनले आफ्ना दर्शकलाई नेपाली चलचित्र अब अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने प्रयास जारी रहेको छ भन्दै चलचित्र हेर्न आउने सबैलाई हाम्रो मनको चलचित्र भनि हेर्न हुन आग्रह गरेका थिए। चलचित्र हेर्न नायकद्वय सरोज खनाल र किरण केसीको उपस्थितिले नायक जीवन लुइँटेलले भने हाम्रा अग्रजहरुले बनाएको गोरेटोमा पद चिन्हमा हिड्न पाईकोमा गौरब लागेको बताउदै चलचित्र मनोरन्जनको साथ हेर्न आग्रह गर्दै चलचित्र शुरु भएको थियो।

निर्माता पुस्कर राज पन्तले आफूले बनाएको चलचित्र दर्शकसंगै बसेर हेरेका थिए भने दर्शकहरुले राम्रो कथा वस्तु, उत्तम, नारी प्रधान, रुढीबादी र बोक्सी आदि बिषय वस्तुमा आधारित बनाईएकोले चलचित्र ठूली बारेमा मिश्रित प्रतिक्रिया दिएका छन्। निर्देशक एभरेष्ट सुर्य बोहोराको निर्देशन एभरेष्ट कला यात्रा चलचित्रको झण्डामा पुस्कर पन्तले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता सुनिल बस्नेत हुन्।

चलचित्रमा नायक जीवन लुइटेल र नायिका गरिमा पन्तको भूमिका धेरै रहेको छ भने कन्चन ठकुरी, निला बस्नेत, बिसाल पहाडी लगायतको मुख्य अभिनय रहेको छ। शेरबहादुर लामाले छायांकन गरेको चलचित्रमा बसन्त सापकोटाको संगीत, सुरेन्द्र बिक्रम शाहको द्वन्द, बसन्त श्रेष्ठको नृत्य तथा मित्र गुरुङको सम्पादन रहेको छ।





Comments

comments

1313