गोरखा । एसइई परीक्षा दिइरहेका एक बालकको बूढीगण्डकी नदीमा डुबेर मृत्यु भएको छ । आरुघाट गाउँपालिका–१ का १६ वर्षीय युनिष गुरुङको बूढीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
‘आरुघाट–४ थुमी आएका एसइई दिन आएका उनी बुधबार साँझ पौडी खेल्न बूढीगण्डकीमा गएका थिए’, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले भने, ‘हामीलाई खबर आएपछि इलाका प्रहरी कार्यालय आरुघाट र आर्खेत प्रहरी चौकीबाट खटिएको टोलीले खोजतलास गर्द शव फेला पारेको हो ।’
खोजीका क्रममा बगाएको स्थानबाट करिब एक किलोमिटर तल गुरुङ मृत अवस्थामा फेला परेका उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।