आमिरको नयाँ लुक भाइरल

बलिउडका चर्चित अभिनेता आमिर खानका पछिल्ला फिल्म सुपरहिट भएका छन् ।

रिलिजको तयारीमा रहेको फिल्म ‘दंगल’ पनि हिट हुने संकेत देखिइसकेको छ ।

आमिरले यो फिल्मबाट आफ्नो एउटा तस्बिर सोमबार ट्विट गरे । आमिरले तस्बिर ट्विट गरेको केही समयमा नै यो भाइरल भयो । आमिरका प्रशंसकले यो तस्बिरको वाहवाही मात्र गरेनन्, आमिरको परिश्रमको पनि व्यापक चर्चा गरे ।

भारतीय पहलमान महावीर फोगटको जीवनमा आधारित फिल्ममा आमिर महावीरको भूमिकामा छन् । दंगलका लागि आमिरले आफ्नो तौल बढाएका थिए । तर, अब युवा महावीरको भूमिकाका लागि उनी तौल घटाउँदै छन् । दंगल २३ डिसेम्बरमा रिलिज हुने तयारी गरेको खबर नयाँपत्रिकामा छ ।





Comments

comments

Leave a Reply

13036