केटी साथीको फोटो शेयर गर्दा प्रहरी फन्दामा

काठमाडौं, केटी साथीसँगको फोटो फेसबुकमार्फत साथीहरूलाई सार्वजनिक गर्दा एक युवक पक्राउ परेका छन् ।

सुनसरीका खगेन्द्र श्रेष्ठलाई महानगरीय अपराध महाशाखाले बुधबार पक्राउ गरेको हो । एक युवतीसँग खिचेका तस्बिर श्रेष्ठले फेसबुक च्याटमा आफ्ना साथीहरूलाई पठाएका थिए ।

युवती आफ्नो प्रेमिका भएको भन्दै उनले त्यसरी फोटो सार्वजनिक गरेका थिए । तर, श्रेष्ठसँग आफ्नो कुनै सम्बन्ध नभएको र फोटो सार्वजनिक गरेर बेइज्जती गरेको भन्दै युवतीले प्रहरीमा उजुरी गरेकी थिइन् ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरले श्रेष्ठलाई पक्राउ गरी अपराध महाशाखामा पठाएको हो । श्रेष्ठले युवती आफ्नो प्रेमिका भएको र लिभिङ टुगेदर रहेकोसमेत दाबी गरेका थिए ।

तर, युवतीले भने ती युवकसँग आफ्नो कुनै सम्बन्ध नरहेको भन्दै आफ्नो चरित्रहत्याको दाबीसमेत गरेकी छिन् । सामान्य किसिमको तस्बिर सार्वजनिक गरेकाले विद्युतीय कारोबार ऐन आकर्षित नहुँदा केही सार्वजनिक अपराध मुद्दामा उनलाई प्रहरीले कारबाही अघि बढाएको खबर नयाँ पत्रिकामा छ ।





Comments

comments

Leave a Reply

13038