काठमाडौँ । काठमाडौँ महानगरपालिकामा महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले कार्यालयको मर्यादा विपरीत काम गरेको भन्दै स्थानीय तहका पेसागत सङ्गठनहरूले उनको निलम्बन र छानबिनको माग गरेका छन्।
चैत २१ गते कार्यालय प्रवेश गर्दै गरेका प्रमुख प्रशासकीय अधिकृतलाई पाण्डेले रोक्न खोजेको र अमर्यादित व्यवहार गरेको आरोप छ। स्थानीय तह कर्मचारी युनियन लगायत पाँच संगठनले बिहीबार प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाउँदै तीन दिनभित्र छानबिन समिति गठन गर्न र पाण्डेलाई तत्काल निलम्बन गर्न माग गरेका हुन्।
यस्तै, प्रमुख बालेन शाहको स्वकीय सचिवको नाममा सचिवालयका कर्मचारीले सार्वजनिक सञ्चारमाध्यममार्फत उपप्रमुख र वडाध्यक्षहरूलाई लाञ्छित गर्ने प्रयास गरेको भन्दै कारवाहीको माग गरिएको छ।