प्रचण्डको फोन गृहमन्त्रीले वास्ता नगरेपछि

काठमाडौँ, गृह मन्त्री शक्ति बस्नेतका कारण कर्मचारीको आधिकारिक ट्रेड यूनियनको निर्वाचनमा नेकपा(माओवादी केन्द्र) निकटको कर्मचारी संगठन पराजित भएको थाहा भएको छ ।

निर्वाचनको अघिल्लो दिन गृह मन्त्री बस्नेतले सामान्य मात्रै पहल गरेको भए माओवादी निकटको कर्मचारी संगठनले राम्रै मत पाउने अवस्था थियो ।

गृहमन्त्री बस्नेतको सचिवालयमा कार्यरत एक स्वकिय सचिवकाअनुसार उनी निर्वाचनको अघिल्लो दिन सोम रससहितको भोजमा मस्त थिए ।

उनलाई भोलि निर्वाचन हुने कुरा थाहा पाएर पनि थाहा नपाएको जस्तै गरेर बसेका थिए । मन्त्री क्वार्टरमा नै आयोजना गरिएको भोजमा विभिन्न जिल्लाबाट आएका फोनलाई समेत वास्ता नगरि बसेका थिए । ती स्वकीय सचिव भन्छन्– ‘मन्त्रीले चाहेको भए संगठनलाई करिब ३० प्रतिशतको हाराहारीमा विजयी बनाउन सक्ने थिए । उनले कुनै पनि प्रमुख जिल्ला अधिकारीलाई भनेनन् ।’ कर्मचारीको अवस्था के छ भनेर पार्टी अध्यक्ष प्रचण्डले सोध्नका लागि पटक–पटक फोन सम्पर्क गर्दा समेत आफू बैठकमा भएको भन्दै फोन समेत नउठाएको ती स्वकीय सचिवको भनाई छ ।

अध्यक्षज्यूको फोन भन्दै पटक–पटक फोन दिँदा समेत मन्त्री बस्नेतले वास्ता नगरेका कारण प्रचण्ड समेत मन्त्री बस्नेतसँग खुसी छैनन् । मन्त्री हुने वित्तिकै भूकम्प पीडितको नाममा आफ्ना नाता गोतालाई चीन पठाएका बस्नेत यतिखेर गृह मन्त्रालयको नाममा धन्दा चलाएका कारण पनि कर्मचारीको निर्वाचनमा चासो नदिएको बताइन्छ ।

उनै बस्नेतका कारण माओवादी केन्द्र निकट कर्मचारीले नराम्ररी पराजित भएका थिए । तर सो विषयमा कुरा गर्न खोज्दा गृहमन्त्री बस्नेतले फोन नउठाएको खबर आजको जनआह्वान साप्ताहिकमा छ ।





Comments

comments

Leave a Reply

13048