सलमान–क्याट्रिना फेरि सँगै !

बलिउड अभिनेत्री क्याट्रिना कैफ आफूलाई फेरि स्थापित गर्न चाहन्छिन् । र, यसका लागि उनी अभिनेता सलमान खानको साथ चाहिरहेकी छिन्।

उनी जतिसक्दो छिटो सलमानसँग काम गर्ने फिल्मको घोषणा होस् भन्ने चाहन्छिन् । त्यसका लागि केही दिनयता उनी सलमानको घरमा पनि पुगेकी छिन् । त्यसो त केही दिनअघि क्याट्रिना र सलमानले कबिर खानको फिल्म सँगै गर्ने कुरा आएको थियो । तर, यो अफवाह मात्र रहेछ । नयाँ पत्रिकामा खबर छ।

कबिर खानले फिल्ममा सलमान हुने निश्चित भए पनि अभिनेत्रीको टुंगो नलगाएको बताएका छन् । अभिनेता रणवीर कपुरसँग ब्रेकअप भएपछि क्याट्रिनाले खासै फिल्म पाएकी छैनन् । त्यसैले पनि उनी सलमानसँग काम गर्ने चाहनामा भएको बलिउडमा चर्चा छ ।





Comments

comments

Leave a Reply

13050