एचकेनेपाल डट कम –
हङकङ, टेस्ला कम्पनीको नाफामा ७१ प्रतिशतको गिरावट आएपछि कम्पनीका मालिक इलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा कम समय बिताउने घोषणा गरेका छन्। वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा मस्कले अब साताको एक वा दुई दिन मात्र ट्रम्प प्रशासनमा समय दिने र बाँकी समय टेस्लाको व्यवस्थापनमा केन्द्रित हुने बताए।
टेस्लाको पहिलो त्रैमासिक प्रतिवेदनले कम्पनीको आम्दानी गत वर्षको १.४ अर्ब डलरबाट घटेर ४०.९ करोड डलरमा झरेको देखाएको छ। यस्तो ठूलो गिरावटपछि मस्कले आफ्नो ध्यान पुनः कम्पनीतर्फ मोड्ने निर्णय गरेका हुन्।
मस्कले ट्रम्प प्रशासनमा डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (डोज) को प्रमुखको रूपमा कार्यरत छन्। उनको कार्यकाल मे महिनाको अन्त्यसम्म रहने अनुमान गरिएको छ।