वानीरामा नइका तीन कृति सार्वजनिक

काठमाडौं । वानीरा फाउन्डेसनले शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १०६ औं जयन्तीको अवसरमा तीन महत्वपूर्ण कृतिहरूको लोकार्पण गरेको छ । राजधानीमा आयोजित एक विशेष समारोहमा प्रख्यात समालोचक प्रा. केशव सुवेदीले उक्त कृतिहरूको लोकार्पण गर्नुभएको हो।

नइ प्रकाशनद्वारा प्रकाशित यी कृतिहरूमा अक्षरशिरोमणि मदनमणि दीक्षितद्वारा लिखित ‘नरेन्द्रराज प्रसाईका पाँच जीवनीकृति’, गोविन्द भट्टको ‘इन्दिरा प्रसाईको ए समुद्र !’ र ठाकुर शर्मा भण्डारीको ‘नइ कीर्ति विवेचना’ समावेश छन् । श्रीमती इल्या भट्टराई र प्रा.डा. ऋषिराम शर्माले क्रमशः पहिलो र दोस्रो कृतिको सम्पादन गर्नुभएको छ।

वानीरा फाउन्डेसनकी अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न वक्ताहरूले शताब्दी पुरुष डा. जोशीको योगदानको चर्चा गर्दै नवप्रकाशित कृतिहरूको महत्व र औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा फाउन्डेसनका सदस्यसचिव नरेन्द्रराज प्रसाई र कार्यक्रम संयोजक भगवती बस्नेत लगायतको उपस्थिति रहेको थियो।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

131176