Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अष्ट्रेलियामा भद्रगोल हुने

राम ढुंगेल / एचकेनेपाल डट कम –
अष्ट्रेलिया, अष्ट्रेलियामा भद्रगोल हुन लागेको छ । भद्रगोल गर्नका लागि भद्रगोलको टोली अष्ट्रेलियामा प्रस्थान गरेको भद्रगोल टिममा मेम्बरहरुले जहाज चडनुअघि आफ्नो फेसबुकमा स्ट्याट्स अप्लोड गरेका छन् ।

सोही टोलीमा युएईबाट नाइँ मलाई त्यही केटी चाहिन्छ भनी रुँदै कराँउदै गीत गाउने रुन्चे गायक प्रकाश पौडेल अष्ट्रेलिया उत्रिसकेका छन्। रुन्चे गायकले त्यही केटी चाहिन्छ भनी दाबी गरेकी केटी को हुन् ? त्यो बुझ्न भने २६ जुन आइतबार मेलबर्नको कोबर्ग टाउन हलमा आयोजना हुन लागेको नेपाली इभेन्टमा पुग्नैपर्ने हुन्छ ।

कंगारु कन्सल्टेन्सी र नेप्लिज इभेन्टको आयोजनामा अष्ट्रेलियाका चार वटा सहरमा भव्य सांगीतिक कार्यक्रम आयोजना हुन लागेको कंगारुका निर्देशक होम दबाडीबे जानकारी दिए।

भद्रगोल समूहका जिग्री, पाँडे बुढा, बले, कक्रोच ब्रो सहभागिता रहने कार्यक्रममा अष्ट्रेलियामै रहेकी झुमीझुमी गायिका प्रजिता गेलालको रोचक प्रस्तुति रहने आयोजक सन्जयले बताए । जुन २६ बाट सुरु हुन् यो यात्रा जुलाई ३, ६ र ९ तारिख अष्ट्रेलियाको राजधानी सिड्नीमा समापन हुने आयोजकले बताएका छन्।





Comments

comments

Leave a Reply

13219