Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

ग्रिनवीचमा आजीवन अध्यक्ष बढ्दो

एचकेनेपाल डट कम संवाददाता-
लण्डन । बेलायतवासी नेपालीहरुको पहिलो हिन्दू मन्दिर पशुपतिनाथ मन्दिर प्लमस्टेडमा ट्रष्टिजहरुबीच असन्तुष्टि शुरु भएको छ। लामो समयदेखि मन्दिरमा खासै परिवर्तन नआएको बताउंदै उनीहरुले नेतृत्वप्रति असन्तुष्टि जाहेर गरेका हुन।

इमेल मार्फत प्राप्त पत्रमा पशुपतिनाथ मन्दिरलाई सबैको साझा र सशक्त बनाउन कार्यकारी ट्रष्टीको नवीकरण तथा नयां ट्रष्टी बनाउने, चन्दादाताहरुलाई साधारण सदस्यको रुपमा लिई उनीहरुमध्यबाटै साधारणससभा गर्ने र ट्रष्टी बनाउन सुझाव दिएको। त्यस्तै यसरी बनाईएका ट्रष्टिज मध्यबाट कार्यसमिति चयन गरी उनीहरुबाटै दैनीक कार्यसञ्चालन गर्न सुझाएका छन्। त्यस्तै थप नयां सदस्यहरु बनाउनका लागि निश्चित सदस्यता दस्तुर तोक्न आग्रह गरिएको छ।

मन्दिर स्थापना भएदेखि नै आर्थिक रुपमा पारदर्शी नभएको जिकिर गर्दै पत्रमा आजसम्म भए गरेका आर्थिक कारोबारको अभिलेख प्रस्तुत गर्न पनि आग्रह गरिएको छ।

ग्रिनवीच क्षेत्रमा खुलेका केही संस्थाहरुमा अजीवन अध्यक्ष रहेको जनाउंदै मन्दिरका एकजना ट्रष्टीले पशुपतिनाथ मन्दिरमा पनि त्यहि अवस्था आउनसक्ने औल्याए। सन् २००७ मा स्थापना भएदेखि आजसम्म मन्दिरको साधारणसभा हुन सकेको छैन। स्थापनाकालमा अध्यक्ष रहेका होम शर्मा अहिलेपनि मन्दिरका अध्यक्ष छन्।





Comments

comments

1324