Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

श्रीमानको शव आउनासाथ श्रीमतीले गरिन् आत्महत्या

कतारमा रोजगारीका लागि गएका त्रियुगा नगरपालिका–१७ गैरुनका हरि सदाको शव कतारबाट आएपछि उनकी श्रीमती संगीता बाँतरले पनि प्राण त्यागेकी छन्।

-

सोमबार श्रीमानको शव आँगनमा आएलगत्तै संगीताले आत्महत्या गरेपछि उनीहरुका आठ महिनाका छोरा उत्तम र आठ वर्षकी छोरी उषा सहाराविहिन भएको छ।

धन कमाएर ल्याउने भन्दै सात महिनाकी गर्भवती श्रीमती र छोरीलाई छाडेर कतार गएका ३४ वर्षीय हरिको २५ साउनमा कामकै क्रममा घरको आठ तलामाथिबाट लडेर मृत्यु भएको आजको नयाँ पत्रिकामा समाचार छापिएको छ।





Comments

comments

1334