न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ८ अगस्ट । हङकङ प्रहरीले अवैध गर्भपतन गर्ने औषधि बेचेको वा गैरकानूनी रूपमा गर्भपतन गराएको आरोपमा ११ जना घरेलु कामदारलाई पक्राउ गरेको छ। ती मध्ये एक जनाले कानूनी सीमा २४ हप्ताभन्दा बढी उमेरको भ्रूणको हत्या गरेको विश्वास गरिएको छ।
प्रहरीले शुक्रबार भनेअनुसार, यी कामदारहरू अपराधिक संगठनको रूपमा काम गरिरहेका थिएनन्, तर हङकङमा गर्भपतन गराउन अवैध रूपमा औषधि दिनु अपराध हो भनी चेतावनी दिएको छ।
यो घटना जुन २ मा सामने आएको थियो जब युन लोङ प्रहरीले तिन शुई वाईमा रहेको आफ्नो रोजगारदाताको घरमा ३९ वर्षीया घरेलु कामदार बेहोस भएको रिपोर्ट प्राप्त गरेको थियो।
“प्याराेमेडिक्स आइपुग्दा, कामदारले एक भ्रूण जन्माएको पत्ता लगाए, जुन पछि मृत भेटियो,” युन लोङ प्रहरी जिल्ला अपराध दस्ताका निरीक्षक लाम हो-यिनले भने।
“भ्रूण लगभग ३५ सेमी (१३.८ इन्च) लामो थियो। यो जीवित जन्म भएको कुनै संकेत थिएन।”
प्रारम्भिक अनुसन्धानबाट खुलासा भएअनुसार, पछि “बच्चा नष्ट” गरेको आरोपमा पक्राउ परेकी कामदारले पहिले नै साथीबाट गर्भपतनको लागि औषधि किनेकी थिइन् उनी पनि घरेलु कामदार नै थिइन्।
जुलाई ६ मा, प्रहरीले हङकङ विमानस्थलमा गर्भपतन औषधि बेचेको आरोपमा ३२ वर्षीया अर्की घरेलु कामदारलाई पक्राउ गरेको थियो।