एउटै प्रतियोगितामा दुई जापानी बक्सरको मृत्यु..

हिरोमासा उराकावा (बायाँ) शिगेतोशी कोतारी (दायाँ)

काठमाडौं । जापानी बक्सरहरु शिगेतोशी कोतारी र हिरोमासा उराकावा एकै प्रतियोगिताका फरक फरक खेलहरुमा भएको लडाईँमा गम्भीर मस्तिष्कको चोटपछि मृत्यु भएको छ।

अगस्ट २ मा कोराकुएन हल टोकियोमा भएको प्रतियोगितामा दुवै बक्सरहरुले गम्भीर चोट बेहोरेका थिए। जसको कारण दुवैको जीवन समाप्त भएको हो।

यमातो हातासँग बराबरीमा खेल सकिएपछि बेहोस भएका २८ वर्षीय कोतारीलाई अस्पताल पुर्‍याइएका थिए। उनलाई मस्तिष्कमा रक्तश्राव (सबड्युरल हेमाटोमा) को उपचारका लागि शल्यक्रिया गरिएको थियो। उनको मृत्युको घोषणा शुक्रबार गरिएको थियो।

त्यसैगरी उराकावा आफ्नो खेलमा योजी साइतोसँग आठौँ राउन्डमा पराजित भएका थिए। यो उनको पेशागत करियरमा पहिलो पटक स्टपेजबाट हार भएको थियो। खेलपछि उनको पनि क्रानियोटोमी गरिएको थियो र शनिबार उनको पनि मृत्यु भएको विश्व बक्सिङ संगठन (डब्लुबीओ) ले घोषणा गरेको छ।

विश्व बक्सिङ संगठनले यो दुःखद घटनाप्रति गहिरो समवेदना व्यक्त गर्दै सामाजिक सञ्जाल एक्स मार्फत जापानी बक्सिङ समुदाय, परिवार र साथीहरूप्रति संवेदना प्रकट गरेको छ। (एजेन्सीहरुको सहयोगमा)





Comments

comments

132477