राससको महाप्रबन्धक पदमा सन्दीप राई नियुक्त

काठमाडौं, राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धक पदमा सन्दीप राई नियुक्त भएका छन्। मन्त्रिपरिषद्को सोमबारको बैठकले राईलाई राससको महाप्रबन्धक नियुक्त गरेको हो।

-

नेकपा (एमाले) निकट प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहेका राई विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न छन्।

पाँचथरको फालेलुङ गाउँपालिका–३ का बासिन्दा राईसँग मोफसल र संघीय राजधानी काठमाडौंमा रहेर विभिन्न सञ्चार माध्यममा काम गरेको अनुभव छ।

उनी तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङको प्रेस संयोजकसमेत थिए। उनले पत्रिका, रेडियो र अनलाइनमा काम गरेका छन्। रासस





Comments

comments

132499