हङकङमा नेपाल-चीन कूटनीतिक भेटवार्ता..

फोटो फेसबूकबाट-

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २८ अगष्ट । हङकङका लागि नेपाली महावाणिज्यदूत डा. बिन्देश्वर प्रसाद लेखकले आज बिहीबार जनवादी गणतन्त्र चीनको विदेश मन्त्रालयका हङकङ विशेष प्रशासनिक क्षेत्रका आयुक्त सुई जियानचुनसँग भेटवार्ता गर्नुभयो। उक्त भेटमा नेपाल र चीनबीचको ७० औँ कूटनीतिक सम्बन्धको अवसरमा बधाई सन्देश आदानप्रदान गरियो।

महावाणिज्यदूत डा. लेखकले नेपालको एक चीन नीति र चीनसँगको लामो समयदेखिको मित्रतापूर्ण सम्बन्धको प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले हङकङको विकास र समृद्धिलाई उदाहरणीय बताउँदै आर्थिक र श्रम कूटनीतिमा सहकार्य गर्न इच्छा व्यक्त गर्नुभयो। साथै, हङकङमा बस्ने नेपाली समुदायको कल्याण र ट्रान्जिट भिसासम्बन्धी विषयमा पनि छलफल भयो।

आयुक्त सुईले डा. लेखकलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै हङकङको “एक देश, दुई प्रणाली” र वित्तीय तथा व्यापारिक हबको विशेषतालाई नेपालका लागि उपयोगी भएको बताउनुभयो। भेटमा उच्चस्तरीय भ्रमण, जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी शाङ्घाई सहयोग सङ्गठन सम्मेलन २०२५ मा सहभागिताको चर्चा पनि भयो।

–

भेटमा आयुक्तको तर्फबाट उपनिर्देशक झु मिन र तेस्रो सचिव चेन वेनजिङ, तथा महावाणिज्यदूतको तर्फबाट काउन्सिलर सतिश गुरुङ उपस्थित थिए।
– पशन तमू । हङकङ





Comments

comments

132751