काठमाडौं, भदौ २४, २०८२ – बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा जेन–जी प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।
मंगलबार बिहानैबाट चर्किएको जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले ओलीको निवासमा आगो लगाएका हुन्। आगजनीका कारण निवासबाट धुवाँको ठूलो मुस्लो निस्किएको छ।
सोमबार भएको प्रदर्शनमा प्रहरीको गोली प्रहारबाट १९ जना युवाले ज्यान गुमाएपछि आन्दोलनकारीहरू आक्रोशित बनेका छन्। आज बिहानैदेखि प्रदर्शन थप उग्र बन्दै गएको छ, जसमा प्रदर्शनकारीहरूले शीर्ष नेताहरूको घर र पार्टी कार्यालयहरूमा तोडफोड र आगजनी गरिरहेका छन्।