जेनजी प्रदर्शन उग्र : हेलिकोप्टरबाट सारिए शीर्ष नेता र मन्त्रीहरूलाई सुरक्षित स्थानतर्फ

काठमाडौं, भाद्र २४, २०८२ – जेनजी प्रदर्शनका क्रममा शीर्ष नेताहरूमाथि आक्रमणको खतरा बढेपछि सुरक्षाकर्मीहरूले उनीहरूलाई सुरक्षित स्थानमा सार्न तीव्र कदम चालेका छन्।

उच्च सुरक्षा स्रोतका अनुसार, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागसहित चारवटै सुरक्षा निकाय यस कार्यमा परिचालित छन्।

प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेता तथा मन्त्रीहरूको निवासमा आगजनी र तोडफोड गरेपछि तत्कालै सुरक्षित स्थानमा सार्न हेलिकोप्टरको प्रयोग भएको अनुमान गरिएको छ।





Comments

comments

133005