जेनजी प्रदर्शनमा लुटपाट गर्ने धमाधम पक्राउ, ३३ लाखसहित केही व्यक्ति नियन्त्रणमा

काठमाडौँ, २५ भदौ २०८२ – नेपाली सेनाले मंगलबार भएको हिंसात्मक प्रदर्शनका क्रममा लुटपाट भएका ३३ लाख ७० हजार रूपैयाँ बरामद गरेको छ। सेनाले प्रदर्शनकारीहरूबाट लुटिएको रकम फिर्ता ल्याउन विशेष अपरेशन सञ्चालन गरेको थियो।

मंगलबार भएको उक्त प्रदर्शनको आडमा लुटपाटको शृङ्खला चलेको थियो। सोही क्रममा उक्त रकमसहित संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले प्रदर्शनको अव्यवस्थालाई मौकाको रूपमा प्रयोग गरी लुटपाट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उक्त रकम लुटपाटबाटै प्राप्त भएको प्रहरीको दाबी छ।

प्रहरीले अन्य संलग्न व्यक्तिहरूको खोजी कार्यलाई तीव्र बनाएको छ भने शान्ति-सुरक्षा कायम राख्न कडा निगरानी गरिरहेको जनाएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान जारी छ।





Comments

comments

133048